
काठमाडौ । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका मापदण्डविपरीतका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’
विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन दिइएको उल्लेख छ ।
विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उदेश्यले मन्त्रालयले कार्यविधि जारी गर्दै कार्यान्वयनमा ल्याएको छ ।
जारि गरिएको कार्यविधिमा तोकिए अनुसारका बहालवाला तथा पूर्व कर्मचारी तथा सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ र सोहिअनुसार गर्न भनिएको छ।
लामिछाने हिजो मात्रै उपप्र्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए । हिजो पदभार ग्रहण गरेकै दिन उनले कंचनपुरकी १३ बर्षीय निर्मला पत्नको बलातकारपछि हत्याको घटनाको न्यायिक छानविन गरिने निर्णय गरेक थिए । लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि हुन ।










