
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरी निर्दोष रहेको भन्दै कानुन बनाएरे रिहा गराउने बताएका छन् । आज प्रतिनिधिसभामा विश्वासको मत मागेपछि सांसदहरुका प्रश्न र जिज्ञासाको जवाफ दिदैं उनले रेशम चौरधी निर्दोष रहेकाले कानुनसम्मत ढंगले रिहा गराउने बताएका हुन् ।
तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएको समझदारीका आधारमा अध्यादेश ल्याएर पनि रेशम चौधरीसहितका अन्य नेता कार्यकर्तालाई छुटाउन पहल गरेको भएपनि त्यो सफल हुन नसकेको उनको भनाई छ । प्रचण्डले नयां सरकार गठन भई अब संसद सुरु भइसकेकाले अब संसदबाटै कानुन बनाएर रेशम चौधरी लगायतको रिहाइ गर्ने बताए ।
संसदमा रेशम चौधरीकी पत्नी रंजिता श्रेष्ठ चौधरीले टिकापुर घटनामा रेशम चौधरी लगायत जेल जिवन बिताइरहेका थारुहरु निर्दोष रहेको भन्दै रिहाईको माग गरेकी थिइन् । रेशम लगायत टिकापुर घटनामा जेल जिवन बिताइरहेका निर्दोष थारुहरुको रिहाई मुख्य माग गर्दै आआफ्नो पार्टीले सरकारलाई सर्मथन र विश्वासको मत दिएको सांसद रंजिताले बताएकी थिइन् ।
रंजिताले उठाएका बिषयलाई संवोधन गर्दै प्रचण्डले आफु यसअघि प्रधानमन्त्री भएको बखत रेशमलाई भेटेको र उनि निर्दोष रहेकाले न्याय पाउनु पर्ने भन्दै पटक पटक बोलेको स्मरण गराए ।
भिडियो पनि हेरौ










