
काठमाडौं । पेसागत महासंघ नेपालको सातौं महाधिवेशनले नयाँ नेतृत्वमा चयन गर्दै २५ बुँदे समसामयिक प्रस्तावहरु पारित गरेको छ । “समाजवादः सामजिक न्याय, स्वाधीन अर्थतन्त्र र समृद्ध जीवन, गुणस्तरयि सेवा, सुशासन र एकीकृत तथा सुदृढ ट्रेड युनियन” भन्ने मूल नाराका काठमाडौंमा हिजो सम्पन्न दुईदिने महाधिवेशनले आगामी चार बर्षका लागि प्रेमल कुमार खनालको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको हो ।
महाधिवेशनले महासंघ नेपालको बरिष्ठ उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, उपाध्यक्ष (महिला) प्रभादेवी बज्राचार्य, उपाध्यक्षमा रामप्रसाद रिमाल, उपाध्यक्षमा (मधेशी) योगेन्द्र यादव, उपाध्यक्षमा किशोरकुमार नेपाली, उपाध्यक्षमा धरणीधर अधिकारी, उपाध्यक्षमा हिक्मतबहादुर बस्नेत, उपाध्यक्षमा हरिप्रसाद जोशी, उपाध्यक्षमा (जनजाती) शरणकुमार गुरुङ, महासचिवमा राजन रेग्मी, उपमहासचिवमा सूर्यप्रसाद अधिकारी, उपमहासचिवमा (महिला) सीताकुमारी ओझा, उपमहासचिवमा पूर्णबहादुर वुढा, उपमहासचिवमा रामकुमार महत, उपमहासचिवमा (मधेशी) विश्वनारायण मिश्र, सचिवमा (महिला) भवानी खड्का, सचिवमा विकाश सिलवाल, सचिवमा रामप्रसाद आचार्य, कोषध्यक्षमा ध्रुबप्रसाद पौडेल, सह–कोषाध्यक्षमा हरिदेव यादव निर्वाचित भएका छन् ।
महाधिवेशनले विभिन्न २५ बुँदे समसामयिक प्रस्तावहरु पनि पारित गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
महाधिवेशनमा महासङ्घका पूर्व अध्यक्षहरु, पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, विभिन्न मुलुकका विदेशी प्रतिनिधिहरु, २९ घटक युनियनहरु, ४० प्रतिष्ठानहरु तथा ७७ जिल्लाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
महाधिवेशनकोे बन्द सत्रमा महासचिव रामप्रसाद रिमालले साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्ष श्यामप्रसाद पाण्डेले आर्थिक प्रतिवेदन र महासचिव रामप्रसाद रिमालले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रतिवेदनहरु उपर सामुहिक छलफलका लागि प्रतिनिधिहरुलाई ९ वटा समूहमा विभाजन गरी व्यापक छलफल चलाइएको थियो । दोश्रो दिन ९ वटै समूहबाट प्राप्त सुझावहरु समेत समेट्ने गरी प्रतिवेदनहरु परित गरिएको थियो ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आम पेसाकर्मीहरुका हकहितमा काम गर्नेमा विश्वास ब्यक्त गरे ।
संगठनले जारि गरेको २५ बुँदे प्रस्तावलाई कार्यान्वयनका लागि सम्पुर्ण पेसाकर्मीहरुलाई संगै लैजान आग्रह पनि गरे ।
प्रवक्ता खतिवडाले श्रमजिवी जनताको हितमा काम गर्न आजको पुँजीवादले वाधा पुर्याइरहेको बताए । उनले पेसागत संगठनहरुको आवाज सधै श्रमिक जनताको पक्षमा रहनुपर्नेमा जोड पनि दिए ।
पेसागत महासंघ नेपालद्धारा जारि विज्ञप्ति पढ्नुहोस
















