कास्कीमा पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो

कास्की । कास्कीमा शुक्रबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय प्रेमराज विकका १६ वर्षीय कुशल र १४ वर्षीय समिर नाति र १६ वर्षीया नातिनी रेजिना विक रहेका छन् । सुतिरहेका बेला आएको पहिरोले पुरिएका उनीहरुको सुरक्षाकर्मी र स्थानीयवासी शव निकालेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार