सांसद तामाङले गराए कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं। नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आज बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद तामाङले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
कञ्चनपुर १ बाट निर्वाचित सांसद तामाङले आरक्ष पीडितहरुको पुनस्र्थापनाका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिए । उनले आरक्ष पीडितहरु महिना दिनदेखि राजधानीमा भौतारिरहेको समेत बताए ।

आरष पीडितहरुको समस्या समाधानका लागि आफुले पटक पटक आवाज उठाए पनि सरकारले वास्ता नगरेको गुनासो गरे ।

नयाँ सरकार बनेपछि समस्या समाधान हुन्छ कि भन्ने आश गरेर पीडितहरु काठमाडौं आएको तर महिनौंदेखि राजधानीमा भौतारिरहेको सांसद तामाङ बताए ।

तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा कंचनपुरका विभिन्न ठाउँबाट स्थानियहरुलाई उठाएको थियो । पीडित सयौं परिवारको अझैसम्म राज्यले पुनस्र्थापना गर्न सकेको छैन् । पीडितहरु अहिले जिल्लाका विभिन्न ठाउँमा झुपडी, टहरा बनाएर कष्टकर जिवन बाँचिरहेका छन् ।

ससद तामाङले कञ्चनपुरको छोटी भन्सार कार्यालय निर्माणका लागि पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार