
काठमाडौं । काठमाडौं महानजगरका मेयर बालेन साहले भारतीय ज्यादतीविरुद्ध अर्को देशभक्तीपुर्ण निर्णय गरेका छन् । उनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म कुनैपनि हिन्दी फिल्म चन्ल नदिने बताएका छन् । उनिले उक्त संवाद हटाउन फिल्म निर्माण पक्षलाई तीन दिनको अल्टीमेटम समेत दिएका छन् ।
सामाजिकसंजाल फेसबुकमा बालेनले लेखेका छन्, “दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।”
भारतले नेपालमाथि गरिरहेको ज्यादतीविरुद्ध मेयर बालेन कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । यसअघि उनले अखण्ड भारतको नक्सामा नेपाली भूमी समेटेको बिषयमा काउन्टर दिदैं आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए । नेपाल सरकारले अखण्ड भारतको नक्साबारे आधिकारीक रुपमा केहि बोल्न नसके पनि बालेनले महानगरको आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर कडा जवाफ दिएका थिए । जुन कार्यको चौतर्फी प्रशंसा भइरहेको छ ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले पनि उक्त फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको प्रमाणपत्र नदिने निर्णय पनि बोर्डले गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको नेतृत्वमा आज अपरान्ह फिल्मको सेन्सर कार्य भएको थियो । सेन्सरपछिको निर्णयपत्रमा भनिएको छ, ‘चलचित्रमा जानकीलाई भारतीय बेटीको रुपमा प्रस्तुत भएको डायलगमा भारतीय शब्दलाई अनिवार्य रुपमा आवाजरहित ९बीप० गर्न लगाई सो पश्चात मात्र चलचित्र जाँच प्रमाणपत्र दिने गरी सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने निर्णय गरियो ।’
भोलीदेखि विश्वव्यापी प्रदर्शन हुन लागेको यो फिल्मको ट्रेलरमा पनि जानकी भारतीय छोरी भएको संवाद छ । यो संवादलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक विरोध भइरहेको छ । भारतले बुद्ध भारतमा जन्मेको भन्दै भ्रम पनि छर्दै आएको छ ।
पछिल्लो समय भारतले अखण्ड भारत भन्दै नेपालको लुम्बिनी, कपिलबस्तु र विराटनगरलाई आफ्नो नक्सामा राखेर संसद भवनमा सजाएको छ । जसको नेपालमा चर्को विरोध भइरहेको छ ।
भिडियो सामाग्री पनि हेरौं









