
बझाङ। गाडी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेस सरकारका कानुन मन्त्री पृथ्वी बहादुर सिंहकीपत्नी र भाउजुको मृत्यु भएको छ भने मन्त्रीसहित तीन जना गम्भिर घाइते भएका छन् । प्रहरीकाअनुसार मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता र भाउजु जयादेवी सिंह रहेका छन्।
दुर्घटनामा गम्भिर घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । मन्त्री सिंहको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
कैलालीको धनगढीबाट बझाङ जाँदै गरेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी आज दिउँसो साढे दुई बजे बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।












