
भारतीय फिल्म ‘आदिपुरुष’ का निर्देशकलाई ज्यान मार्ने धम्की आएपछि प्रहरी सुरक्षा दिइएको छ । फिल्मका केहि दृष्य र संवादलाई लिएर भारतमा पनि आदिपुरुष विवादित बनेको छ । फिल्मले धार्मिक भावनामा चोट पुर्याएको भन्दै आदिपुरुषका निर्देशक ओम राउतलाई ज्यान मार्ने धम्की आउन थालेको हो ।
फिल्मका लेखक तथा गीतकार मनोज मुन्ताशिर शुक्लादेखि निर्देशक राउतमाथि जनताको आर्कोष बढिरहेको छ ।
आफुलाई ज्यान मार्ने धम्की आएपछि निर्देशक राउतले सुरक्षा माग गरेपछि अहिले उनको कार्यालयमा चार जना हवल्दार र एक हतियारधारी प्रहरी तैनाथ गरिएको छ ।
‘आदिपुरुष’मा प्रभासले भगवान राम, कृति सेनोनले सीता माता, सन्नी सिंहले लक्ष्मण, देवगत नागेले हनुमानजी र सैफअली खानले रावणको भूमिका निर्वाह गरेका छन् । जुन १६ मा रिलिज भएको ‘आदिपुरुष’ ठूलो बजेटमा बनेको फिल्म हो । यो फिल्म प्रर्दशन नहुँदै नेपालमा विवाद भएको थियो । अहिले पनि प्रर्दशन हुन सकेको छैन् । फिल्ममा नेपालकी सीतालाई भारतकी छोरी भनेर गलत प्रचार गरिएको भन्दै नेपालमा विरोध भइरहेको छ ।
भारतमा भने फिल्मको पहिरनदेखि अभिनय, निर्देशन र विशेषगरी संवादलाई लिएर विरोध भइरहेको छ ।
विवाद चर्किदै गएपछि फिल्मलाई तत्काल प्रतिबन्ध गरिनु पर्ने माग समेत भइरहेको छ ।










