
महोत्तरी। प्रोग्रेसिभ फाइनान्स लिमिटेड महोत्तरीको गौशाला शाखाले विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ। आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत महोत्तरीको गौशालास्थित बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको हो ।
“हाम्रो सामाजिक उत्तरदायित्व – शिक्षामा साथ, भविष्यमा विश्वास” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सघाउने उद्देश्यले स्कुल ब्याग हस्तान्तरण गरिएको शाखा प्रबन्धक तिलक रावतले बताए ।
स्कुल ब्याग हस्तान्तरण कार्यक्रममा उपस्थित शाखा प्रबन्धक रावतले भने, शिक्षा नै दीगो विकासको आधार हो। यसैलाई आत्मसात गर्दै विद्यार्थीहरूका लागि सानो भए पनि सहयोग पुर्याउन पाउँदा हामीलाई खुशी लागेको छ।”

विद्यालयका प्रधानाध्यापकले प्रोग्रेसिभ फाइनान्सप्रति आभार प्रकट गर्दै भने, “विद्यार्थीहरूको मनोबल उच्च बनाउन र पढाइमा थप प्रोत्साहन दिन स्कुल ब्याग वितरणले ठूलो भूमिका खेल्नेछ।”
कार्यक्रमका अवसरमा प्रदर्शन गरिएको ब्यानरमा “विद्यार्थीहरूको सुनौलो भविष्यका लागि झोला वितरण कार्यक्रम” भन्ने सन्देशले कार्यक्रममा थप ऊर्जा भरेको देखिन्थ्यो। ब्यानरमा विद्यार्थीहरूको हाँसिलो अनुहार र रङ्गीचङ्गी स्कुल ब्यागहरू समेटिएका थिए, जसले विद्यार्थीहरूमा नयाँ उमङ्ग थपेको झल्किन्थ्यो।
कार्यक्रममार्फत प्रोग्रेसिभ फाइनान्स लिमिटेडले वित्तीय क्षेत्रमा मात्र सीमित नभएर सामाजिक क्षेत्रमा समेत सशक्त उपस्थिति जनाउँदै आएको प्रमाणित गरेको छ। “उज्ज्वल भविष्यका लागि सँगै‘” भन्ने मूल उद्देश्यलाई आत्मसात गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने शाखा प्रमुख रावतले बताए।

यसअघि पनि प्रोग्रेसिभ फाइनान्स लिमिटेडले गौशाला क्षेत्रमा रक्तदान, सरसफाइ तथा अन्य सामाजिक कार्यहरू गर्दै आएको थियो । संस्थाले केवल वित्तीय क्षेत्रमै सीमित नभएर सामाजिक क्षेत्रमा समेत सकारात्मक उपस्थिति जनाइरहेको छ।
यस किसिमको सहयोगले विद्यार्थीहरूमा अध्ययनको चाहना र हौसला बढ्ने विश्वास गरिएको छ।
प्रोग्रेसिभ फाइनान्स लिमिटेडले वित्तीय क्षेत्रसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रूपमा सहभागी भई उदाहरणीय भूमिका निर्वाह गरिरहेको देखिन्छ।










