ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवा ५ दिन खोरमै जाकिने, अनुसंन्धानपछि कडा कारवाही हुने


काठमाडौं । नयां वानेश्वर चोकमा महिला ट्राफिक प्रहरीमाथि गालीगलौज र हातपात गर्ने युवकलाई पाँच दिन हिरासतमै राखेर अनुसंन्धान हुने भएको छ । प्रहरीमाथि हातपात गर्दै गरेको अवस्थामा पक्राउ परेका जुम्लाको तातोपानी गाउँपालिका २ का २७ वर्षीय राज कठायतलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुसंन्धानका लागि ५ दिन थुनामै राख्न अनुमती दिएको हो ।
बिहान साढे ९ बजेतीर सडकबाट नभई आकाशेपुलबाट बाटो काट्न आग्रह गर्दा कठायतले उल्टै डिउटीमा रहेका प्रहरीलाई गालीगलौज गर्दै हातपात गरेका थिए।
हातपात गर्दा महिला प्रहरीको हात र गालामा चोट लाग्नुका साथै हातमा लगाएको घडी चुडीएर हराएको छ । कठायतले प्रहरीको गाडीभित्रबाट पनि एकजना पुरुष प्रहरीलाई मुक्का प्रहार गरेका थिए ।
अन्यन्तै अराजक र गुण्डागर्दी देखाएका उनलाई दुई वटा कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाउको छ। राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसूरमा अनुसन्धानपछि कारबाही गरिने जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
कठायतको उक्त व्यवहारपछि कुटिने प्रहरीले जेनजीहरुले अति नै सताउने गरेको र जनताको सुरक्षाका लागि खटिने आफुहरु जनताबाटै असुरक्षित बन्दै आएको मिडिया सामु दुखेको पोखेका थिए ।
घटनास्थलमा उपस्थित सर्वसाधारणहरुले अराजक हर्कत गर्ने कठायतमाथि कडा कारवाहीको माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार