“बालेन सरकार झ्याँस, हामीलाई छैन् ग्याँस”


काठमाडौं । विधार्थीहरुले खाली सिलिन्डर बोकेर ग्यांस माग्दै आयल निगममा प्रर्दशन गरेका छन् ।
काँधमा खाली सिन्डर र हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका दर्जनौं विधार्थीहरुले आज आयल निगमको मुख्यालय घेराउ गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन् ।

“घरमा हाम्रो बास छैन किनभने ग्यास छैन, बालेन तोरी सरकार, बालेन सरकार झ्याँस हामीलाई छैन् ग्याँस, ग्यास आपुर्ती सहज गर, कालोबजारी नियन्त्रण गर,” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका विधार्थीहरुले प्रदर्शन गरेका थिए।
ग्यांस सहज आपुर्ती नभए कडा आन्दोलनमा जाने उनिहरुको चेतावनी पनि छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक क्षतिग्रस्त भएपछि नियमित ढुवानी प्रभावित भएकाले आपुर्तीमा कठिनाई भएको आयल निगमले बताउँदै आएको छ । ग्यांसकै समस्याका कारण उद्योग मन्त्री गौरी कुमारी यादवले हिजो राजीनामा दिएपछि नयाँ मन्त्रीमा दीपक कुमार साह नियुक्त भएका छन् । उनले मन्त्रीको कुर्छीमा बसे लगत्तै जनताले मागे जति ग्यांस उपलव्ध गराउने आश्वासन दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार