भयानक दुर्घटनाः ट्रकले ठक्कर दिंदा कारमा सवार पाँचै जनाको मृत्यु(नामसहित)


नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छ  । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मृत्यु हुनेमा देवचुली नगरपालिका १ केउरानी नवलपरासीका ३५ वर्षीय दीपक भनिने पूर्णबहादुर विक, २९ वर्षीय हिरा राना, ३१वर्षीय दीपेश राना, देवचुली ५ नवलपरासीका दिलबहादुर ढेंगामगर र कैलालीको धनगढीका सुरज राना मगर रहेका छन् ।

लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगलमा गएराति ठोक्किँदा कारमा सवार पाँचै जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार रोकिराखेको उक्त कारलाई पश्चिमतर्फ जाँदे गरेको ट्रकले ठक्कर दिएको थियो ।

ठक्टरपछि कार पुरै कच्याकच्चुक परेको छ । ट्रकको ठक्करले कारभित्रै गम्भिर घाइते भएका पाँचै जनालाई ढोका फोडेर बाहिर निकालेर अस्पताल पुर्याएको भएपनि उनिहरुको बाटोमै मृत्यु भइसकेको नवलपरासीका राजेन्द्रप्रसाद अधिकारीले बताए। ठक्कर दिने ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार