एनपीएलको तेस्रो संस्करण कार्तिक १० देखि सुरु, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कार्तिक १० देखि सुरु हुने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने छन् । खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आज खेल तालिका सार्वजनिक गर्दै यस बर्ष एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ अर्थात् कात्तिक १० गतेदेखि सुरु भई नोभेम्बर २१ अर्थात् कात्तिक २५ गते सम्पन्न हुने जनाएको छ ।

एकै दिन दुई खेल हुने अवस्थामा पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ । एक दिनमा एउटा मात्र खेल हुने अवस्थामा खेल दिउँसो ४ः३० बजे सुरु हुने क्यानले जनाएको छ ।

एनपीएलको तेस्रो संस्करण खेल तालिका यस्तो छः

कात्तिक १० (अक्टोबर २६), सोमबार

लुम्बिनी लायन्स विरुद्ध सुदूरपश्चिम रोयल्स — दिउँसो ४ः३० बजे

कात्तिक ११ (अक्टोबर २७), मंगलबार

विराटनगर किङ्स विरुद्ध चितवन राइनोज — दिउँसो १२ः३० बजे

कर्णाली याक्स विरुद्ध जनकपुर बोल्ट्स — दिउँसो ४ः३० बजे

कात्तिक १२ (अक्टोबर २८), बुधबार

पोखरा एभेन्जर्स विरुद्ध सुदूरपश्चिम रोयल्स — दिउँसो ४ः३० बजे

कात्तिक १३ (अक्टोबर २९), बिहीबार

जनकपुर बोल्ट्स विरुद्ध काठमाडौं गुर्खाज — दिउँसो १२ः३० बजे

कर्णाली याक्स विरुद्ध विराटनगर किङ्स — दिउँसो ४ः३० बजे

कात्तिक १४ (अक्टोबर ३०), शुक्रबार — विश्राम

कात्तिक १५ (अक्टोबर ३१), शनिबार

लुम्बिनी लायन्स विरुद्ध चितवन राइनोज — दिउँसो १२ः३० बजे

सुदूरपश्चिम रोयल्स विरुद्ध विराटनगर किङ्स — दिउँसो ४ः३० बजे

कात्तिक १६ (नोभेम्बर १), आइतबार

जनकपुर बोल्ट्स विरुद्ध पोखरा एभेन्जर्स — दिउँसो ४ः३० बजे

कात्तिक १७ (नोभेम्बर २), सोमबार

काठमाडौं गुर्खाज विरुद्ध कर्णाली याक्स — दिउँसो १२ः३० बजे

सुदूरपश्चिम रोयल्स विरुद्ध चितवन राइनोज — दिउँसो ४ः३० बजे

कात्तिक १८ (नोभेम्बर ३), मंगलबार

विराटनगर किङ्स विरुद्ध जनकपुर बोल्ट्स — दिउँसो १२ः३० बजे

लुम्बिनी लायन्स विरुद्ध पोखरा एभेन्जर्स — दिउँसो ४ः३० बजे

कात्तिक १९ (नोभेम्बर ४), बुधबार — विश्राम

कात्तिक २० (नोभेम्बर ५), बिहीबार

लुम्बिनी लायन्स विरुद्ध जनकपुर बोल्ट्स — दिउँसो १२ः३० बजे

काठमाडौं गुर्खाज विरुद्ध विराटनगर किङ्स — दिउँसो ४ः३० बजे

कात्तिक २१ (नोभेम्बर ६), शुक्रबार

सुदूरपश्चिम रोयल्स विरुद्ध कर्णाली याक्स — दिउँसो १२ः३० बजे

चितवन राइनोज विरुद्ध पोखरा एभेन्जर्स — दिउँसो ४ः३० बजे

कात्तिक २२ (नोभेम्बर ७), शनिबार

काठमाडौं गुर्खाज विरुद्ध लुम्बिनी लायन्स — दिउँसो ४ः३० बजे

कात्तिक २३ (नोभेम्बर ८), आइतबार — विश्राम

कात्तिक २४ (नोभेम्बर ९), सोमबार

पोखरा एभेन्जर्स विरुद्ध कर्णाली याक्स — दिउँसो १२ः३० बजे

चितवन राइनोज विरुद्ध काठमाडौं गुर्खाज — दिउँसो ४ः३० बजे

कात्तिक २५ (नोभेम्बर १०), मंगलबार

सुदूरपश्चिम रोयल्स विरुद्ध जनकपुर बोल्ट्स — दिउँसो ४ः३० बजे

कात्तिक २६ (नोभेम्बर ११), बुधबार — विश्राम

कात्तिक २७ (नोभेम्बर १२), बिहीबार

विराटनगर किङ्स विरुद्ध पोखरा एभेन्जर्स — दिउँसो १२ः३० बजे

कर्णाली याक्स विरुद्ध लुम्बिनी लायन्स — दिउँसो ४ः३० बजे

कात्तिक २८ (नोभेम्बर १३), शुक्रबार

काठमाडौं गुर्खाज विरुद्ध सुदूरपश्चिम रोयल्स — दिउँसो १२ः३० बजे

जनकपुर बोल्ट्स विरुद्ध चितवन राइनोज — दिउँसो ४ः३० बजे

कात्तिक २९ (नोभेम्बर १४), शनिबार

विराटनगर किङ्स विरुद्ध लुम्बिनी लायन्स — दिउँसो ४ः३० बजे

कात्तिक ३० (नोभेम्बर १५), आइतबार

चितवन राइनोज विरुद्ध कर्णाली याक्स — दिउँसो १२ः३० बजे

पोखरा एभेन्जर्स विरुद्ध काठमाडौं गुर्खाज — दिउँसो ४ः३० बजे

प्लेअफको खेल तालिका

क्वालिफायर–१ — नोभेम्बर १७, मंगलबार

लिग चरणको पहिलो स्थानमा रहने टोली र दोस्रो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

एलिमिनेटर — नोभेम्बर १८, बुधबार

लिग चरणको तेस्रो र चौथो स्थानमा रहने टोलीबीच खेल हुनेछ ।

क्वालिफायर–२ — नोभेम्बर १९, बिहीबार

क्वालिफायर–१ मा पराजित टोली र एलिमिनेटरको विजेताबीच प्रतिस्पर्धा हुनेछ ।

फाइनल — नोभेम्बर २१, शनिबार

क्वालिफायर–१ को विजेता र क्वालिफायर–२ को विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार