काठमाडौं । क्रिकेट जगतका एक हस्ती श्रीलंकन क्रिकेटर लासिथ मालिंगाले विभिन्न विश्व रेर्कड राख्दै खेलबाट सन्यास लिएका छन् ।
सन् २००४ बाट आफ्नो क्रिकेट करियर सुरु गरेका मालिंगाले विभिन्न विश्व रेर्कड राखेर १५ वर्षे करिअरबाट बिर्साम लिएका हुन ।
विश्व क्रिकेटमा उनलाई श्रीलंका टीमका एक खतरनाक बलरमा रुपमा चिन्ने गर्थे । मालिंगा एक सटिक यार्करका रुपमा पनि प्रख्यात थिए ।
विचित्रको बलिङ एक्सन र उनको शरिरको हाउभाउका कारण उनि खेलमा अन्य खेलाडीहरु भन्दा बढि नै चर्चामा रहने गर्थे ।
उनका घुम्रिएका कपाल र खेलमा जितको बेला उनले गर्ने एक्सनका कारण पनि मालिंगा समाचारहरुमा छाइरहन्थृ । उनले बंगालदेशविरुद्ध शुक्रबार मात्रै अन्तिम म्याच खेलेका थिए । जुन यो तस्बिर उनले ‘वान लास्ट टाइम’ भन्दै फेसबुकमा पोष्ट गरेका छन् ।

मालिंगाले श्रीलंकाका लागि ३० टेष्ट, २२५ वन डे र ७३ टी-ट्वान्टी म्याच खेले । यस अवधिमा उनको खेल जिवन निकै प्रशंसनिय र सानदारपुर्ण रह्यो । उनले वनडे मा आफ्नो सटिक यार्करका कारण ३३५ विकेट लिए भने टेष्ट क्रिकेटमा १०१ विकेट झारे ।
मालिंगाका केहि जबरजस्त विश्व रर्कडहरु यस्ता छन् :
लासिथ मालिंगाले आफ्नो पन्ध्र बर्षे क्रिकेट करिअरमा केहि यस्ता खतरानाक रेर्कड राखेकी जसलाई अहिलेसम्म कसैले तोड्न सकेका छैनन् ।
अहिलेसम्मको विश्व क्रिकेटको इतिहासमा मालिंगा यस्ता क्रिकेट खेलाडी हुन जसले अन्तर्राष्ट्रिय क्रिकेटमा चार बलमा चार विकेट लिएका थिए । उनले यो रेकर्ड सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा राखेका थिए ।
यसैगरी उनको अर्को चमत्कारीक रेर्कड छ, वन डे क्रिकेटमा तीन पटक ह्याट्रिक गरेको । यो रेकर्ड पनि अहिलेसम्म उनकै नाममा छ । उनले आईसीसी वर्ल्डकप क्रिकेटमा दुई पटक ह्याट्रिक समेत गरे । यस्तो खेल प्रदर्शन गर्ने उनी एकमात्र क्रिकेटर हुन् ।
मालिंगाको यस्तो क्रिकेट क्षमताले गर्दा संसार भर उनका लाखौं प्रसंशक, शुभचिन्तक छन् । तर, उनलाई केहि समय अझै क्रिकेटमा हेर्न चाहनेहरु भने उनको सन्यासको घोषणाले पक्कै दुखी छन् ।
के मालिंगा अब राजनितिक जिवन सुरु गर्लान ?
क्रिकेटमा सानदार १५ बर्ष बिताएर बिदाई भएका मालिंगाले अब के गर्लान ? भन्ने पनि धेरैको जिज्ञासा र चासोको बिषय हुन सक्छ ।
यो हुनु स्वभाविक पनि हो ।
कतिपय प्रख्यात क्रिकेटर खेलबाट सन्यास लिएपछि ब्यापार विजनेश, कोहि राजनिती त कोहि सामान्य जिवन जिइरहका उदाहरणहरु छन् ।तर, मालिंगा के गर्लान ? उनका प्रशंसकहरुमा यो चासो पक्कै होला ।
के उनि आफ्नो देशको कुनै राजनितीक पार्टीमा आवद्ध भइ राजनितीक जिवन पो सुरु गर्ने हुन की ? त्यो पनि अहिले नै भन्न सकिने कुरा त होइन । हुन त उनको देश श्रीलंकमा बेला बेला राजनिती संकटहरु पनि आइरहन्छन् ।
श्रीलंकी जनताले उनलाई राजनितीमा आएर देश एक उचाईमा लैजान आग्रह गरे भने पक्कै पनि त्यो उनका लागि नकार्ने बिषय हुन सक्दैन होला । पाकिस्तानका अहिलेका प्रधानमन्त्री इमरान खान पनि निकै चर्चित क्रिकेटर थिए । उनि पनि क्रिकेटबाट सन्यास लिएपछि राजनितीका होमिएका थिए ।
अब क्रिकेटर मालिंगा भविष्यमा के गर्ने छन् त्यो कुरा त आगामी दिनमा बिस्तारै थाहा हुदै जानेछ ।












