कर्मचारीलाई दिइने अध्ययन विदामा सरकार कडाई गर्दै

काठमाडौं । कर्मचारीलाई दिइने अध्ययन विदामा सरकारले कडाई गर्ने भएको छ । सरकारले निजामती कर्मचारीलाई दिइने अध्ययन विदामा कडाई गर्न लागेको हो ।

मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस बिषयमा गम्भिररुपले छलफल भएको नेताहरुले बताएका छन् । बिशेषगरी अध्ययन विदा लिएर बिदेश गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको भन्दै सरकारले कडाई गर्न लागेको हो ।

बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अब उचित कारण नदेखाइ कर्मचारीहरुलाई अध्ययन विदा नदिने प्रष्ट पारे ।

अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि मन्त्री पण्डितले स्मरण गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार