काठमाडौं । सर्वोच्च अदालतमा लोकसेवाको बारेमा परेको रीटमाथि बुधबार सुनुवाई हुने भएको छ । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारीको लागि गरेको विज्ञापन विरुद्धको सुनुवाई बुधबारसम्मका लागि सरेको हो ।
सार्वोच्चमा आइतबार दिनभर बहस भए पनि टुंगोमा नपुगेपछि समय सारिएको बताइएको छ । लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रीट परेका छन् ।
आइतबार सबै रीटलाई एकै ठाउँमा राखेर न्यायाधीशहरु हरिकृष्ण कार्की र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भएको थियो ।
रीटमाथिको सुनुवाई नटुंगिएपछि समय सारिएको छ ।










