काठमाडौं । सरकारले विवादास्पद गुठी विधेयक फिर्ता नभई खारेजी गर्नुपर्ने राप्रपाले माग गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले गरेका निर्णय सार्वजनिक गर्दै विधेयक खारेजीको माग गरेको हो ।
विधेयकले नेपालीको सनातन धर्म, संस्कृति र परम्परालाई नियन्त्रित गर्नुका साथै निषेध मार्न खोजेकाले खारेज गर्नुपर्ने माग अघि सारेको छ । राप्रपाले सरकारलाई बुझाएको २२ बुँदे माग पूरा नभए दोस्रो चरणको संघर्ष सुरु गर्ने जानकारी गराएको छ ।
राप्रपाको बैठकले पहिलो चरणको जनसंघर्षका सबै कार्यक्रमहरूमा उत्साहजनक जनसहभागिता रहेको निष्कर्ष समेत निकालेको छ ।
त्यसैगरी बैठकले दोस्रो चरणको संघर्षलाई अझै सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ ।







