एसइईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा,बुधबार या बिहीबार सार्वजनिक हुँदै

काठमाडौं । एसइईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जनाएको हो ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बुधबार या बिहीबार सार्वजनिक गर्ने तयारी समेत भइरहेको छ । बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गनुपर्दा यो वर्ष अन्य वर्षको भन्दा परिक्षाको नतिजा सार्वजनिक गर्न ढिलो भएको बोर्डले जनाएको छ । यो वर्ष चैत १०–२१ चैतसम्म प्रदेश २ बाहेकका ठाउँमा परीक्षा सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार