काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी हृदयघातको आशंकामा अस्पताल भर्ना गरिएकी छन् । उनलाई एक्कासी छाती दुखेपछि हिजो साँझ नै अस्पताल लगिएको बताइएको छ ।
खड्कीको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा सीसीयूमा उपचार भइरहेको छ । उनको अवस्थ्य सामान्य भन्न नमिल्ने भएपनि खतरा बाट भने मुक्त भइसकेको अस्पताल स्रोतले जनाएको छ ।









