इटहरीका विवादित मेयर चौधरीले किन लगाए आफ्नै घरमा डोजर

काठमाडौं । टहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएका छन् । घरको पर्खाल सार्वजनिक जग्गामा परेपछि मंगलबार डोजर चलाएका हुन् ।

बेला बेला कुनै न कुनै नयाँ कुराले चर्चित मेयर चौधरीले यतिबेला सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्काउने अभियान चलाएका छन् । उनले उपमहानगरपालिका भित्र सार्वजनिक जग्गामा घर परेकाहरुको भत्काउने अभियान लाई सफल पार्न पहिले आफ्नै घर भत्काएका छन् ।

उनले यो निर्णय गरेपछि उनको घर पनि सार्वजनिक जग्गामा परेको भन्दै सामाजिक संजालमा चर्को विरोध भएको थियो । त्यसैले उनले आफुबाटै परिवर्तनको सुरुवात गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार