काठमाडौं । भोजपुरमा विप्लव समूहले चलाएको गोली लागेर प्रहरी जावनको मृत्यु भएको विषयमा विप्लवले आफ्नो धारणा सार्वजनिक गरेको छ । बिहिबार विज्ञप्ति जारी गर्दै उक्त धारणा सार्वजनिक गरेको हो ।
सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राईको मृत्यु भएको उल्लेल गरिएको छ । भोजपुरमा बुधबार भएको भिडन्तमा प्रहरी जावन सञ्जिव राईको पनि मृत्यु भएको छ ।










