भिषण बर्षाको खतरा कायमै, सचेत रहन आग्रह

काठमाडौं । केहि दिनदेखीको लगातार बर्षाले देशभर ठुलो धनजनको क्षती भइरहेका बेला अझै बर्षा हुने खतरा कायमै रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागमा अहिले पनि सकृय रहेकोले अझै केही दिन बर्षा हुनेछ ।

नेपालमा सकृय रहेको मनसुनको न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा दुईदिनपछि मात्रै बन्ने भएकाले आज र भोलि देशभर अझै बर्षा हुने सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।
सोमबार पनि देशको पूर्वी, मध्य र पश्चिमी भू–भागमा भारी वर्षा हुने सम्भावना रहेकाले सबैलाई सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण बाढी पहिरोको डर हुन भएकाले सचेत रहन आग्रह गरिएको हो।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिम नेपालका राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा पानीको बहाव केही बढ्ने जनाएको छ ।

यसबर्ष बर्षा कारण अहिलेसम्म ६५ जनाको मृत्यु भइसकेको छ भने हजारौं घर परिवार विस्थापित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार