विपदमा सबै एक भएर पीडित जनताको पक्षमा उभिउँ– सभापति देउवा

तराई डुबानको बिषयमा भारतसंग कुटनीतीक पहल गरौं

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपदको बेलामा सबै एक भएर पीडित जनताको पक्षमा उभिनु पर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा संसदको बैठकमा बोल्दै सभापति देउवाले बाढि पहिरो र डुबानबाट प्रभावितहरुको उद्धार, ब्यवस्थापन र राहातमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

तराई मधेसमा बर्षेनी हुने बाढि र डुबानका बिषय एकअर्कालाई गाली गरेर हुदैन देउवाले भने, सरकारले भारतसँग कूटनीतिक पहल गरेर तराई मधेशका बस्ती डुबान हुनबाट रोक्नुपर्छ ।

पुर्ब प्रधानमन्त्री समेत रहेका देउवाले बाढि र डुबान क्षेत्रमा भयावह अवस्था भएपनि सरकार गम्भिर नभए आरोप लगाए ।
प्रभावित जिल्लाहरुमा आफु पुगेर आएको भन्दै देउवाले पीडितहरुमा खाद्यान्न, लत्ता कपडा र बस्ने ब्यवस्थाको टडकारो आवश्यकता रहको संसदमा जानकारी गराए ।

“सरकारले हवाईजहाज र हेलिकप्टरबाट मात्रै उद्धार गरेर हुन्छ ?  देउवाले प्रश्न गरे, पीडितहरुको अवस्था बुझ्न सर्बदलित अनुगमन टोली बनाएर हुन्छ की, कसरि हुन्छ,  बास्तविक पीडितको तथ्याङ ल्याउनु पर्यो, त्यो काम सरकारले गर्नुपर्छ, पार्टीले के नै गर्छ ? सरकार भनेको राज्य हो, यो राज्यको दायित्व हो । ”

तराई मधेसमा बाढि र डुबानको भयावह अवस्थालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने भन्दै देउवाले पीडितहरुलाई जतिसक्दो चाँडो उद्धार र ब्यवस्थापन गर्न सरकारसंग आग्रह समेत गरे ।

बाढी र डुबान प्रभावित क्षेत्रमा रेडक्रस र केहि संघसंस्थाहरुले मात्रै राहत वितरण गरे पनि सरकारको उपस्थिति कमजोर रहेको देउवाले बताए।

कुनै कुनै ठाँउमा पीडितहरु समक्ष स्थानिय सरकारको समेत उपस्थिती नरहेको भन्दै देउवाले आक्रोस ब्यक्त गरे ।

“यत्रो भयावह स्थिती हुँदा पनि सरकारलाई मतलब छैन्, कुनै ठाँउमा त स्थानिय सरकारको पनि उपस्थिती देखिएन, हामी सरकारको ध्याआर्कषण गराउन चाहन्छौं, काँग्रेसले फेरि सरकारबिरुद्ध कडा कदम चाल्न नपरोस, देउवाले चेतावनी दिए ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार