काठमाडौं । नेपालमा अवैधरुपमा सुन भित्रिनेक्रम रोकिएको छैन । अवैध कार्यका लागि सुरक्षाका दृष्टीकोणले कठिन मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै यसरि अवैध सुन भित्रिने गरेको छ ।
सोमबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले ४ किलो सुनसहित चिनिँया नागरिक ली निंछीलाई पक्राउ गरेको हो ।
हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन लुकाएर ल्याएको भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ । पक्राउ परेका निछिंमाथी थप अनुसंन्धान भइरहेको प्रहरीले बताएको छ ।









