पृथ्वीमा हुनसक्ने भयावह केही समयका लागि रोकिएको छ । पृथ्वीमा खस्ने भनिएको ठुलो क्षुद्रग्रह आथात् आकाशीय पिण्ड पृथ्वी नजिकैबाट गएपछि भयावह रोकिएको हो ।
यो आईफल टावर्र भन्दा पनि ठूलो एउटा क्षुद्रग्रह अर्थात् आकाशीय पिण्ड रहेको बैज्ञानिकले बताएका छन् ।
यो आकशीय पिण्डको नाम २००६ क्यूक्यू२३ (2006 QQ23)रहेको छ। सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको थियो।
यो घटनापछि विश्वका वैज्ञानिकहरुले पृथ्वी धेरै ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन्। उनीहरुले यदि उक्त आकशीय पिण्ड पृथ्वीमा ठोक्किएको भए त्यसको प्रभाव कुनै आणविक बमभन्दा ५ सय गुणा बढीले हुने द सन्डे एक्सप्रेसले उल्लेख गरेको छ।
उक्त पिण्ड पृथ्वमा खस्दा एउटा सहरलाई पुरै ध्वस्त पारिदिन्थ्यो। यसको असरले कम्तीमा १३ लाख मानिसहरुको ज्यान जान सक्ने नासाले उल्लेख गरेको छ।
वैज्ञानिकहरुका अनुसार यदी उक्त पिण्ड पृथ्वीमा ठोक्किएको भए जापानको हिरोसिमा र नागासाकीको भन्दा पनि ठूलो क्षति हुने थियो ।










