
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउन सबैमा अनुरोध गरेका छन् ।
मन्त्री भट्टराईले आइतवार एक विज्ञप्ती जारि गर्दै भनेका छन्, “नेपाल भ्रमण बर्ष, २०२० अभियानलाई विश्वस्तरमा तथा नेपाल भर प्रचार प्रसार गरी अनुपम प्राकृतिक साौन्र्दय, सांस्कृतिक विविधता तथा सहसिक पर्यटनको एक प्रमुख गन्तव्यको रुपमा विश्व पर्यटन बजारमा नेपाललाई दियो रुपमा स्थापित गर्नका लागि विश्वको हरेक कुना, तह र तप्कामा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुबाट उल्लेखनिय सहयोगको मैल अपेक्षा गरेको छु ।”
मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रारम्भिक रुपमा सहयोग गर्नका लागि सबैले आ–आफ्नो निजी तथा संघ–संस्थाको वेवसाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखेर सहयोग गर्न आग्रह समेत आग्रह गरेका छन् ।
सार्वजनिक तथा निजी क्षेत्रका संगठित संघसंस्थाबाट पनि आफुले उत्साहजनक सहभागिताको अपेक्षा गरेको मन्त्री भट्टराईको भनाइ छ ।
मुलुकमा रोजगारी सिर्जना, गरिवी निवारण तथा समावेशी विकासका लागि पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आयाम रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले सोही कारण नेपालले भ्रमण वर्ष मनाउन लागेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।
नेपालले सन् २०२० लाई भ्रमण बर्षका रुपमा मनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
मन्त्री भट्टराईद्धारा जारि विज्ञप्ती हुर्नहोस










