काठमाडौं । आज भदौं १ गते । आजबाट दूधको मूल्य बढ्ने भएको छ । किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि कृषि तथा पशुपंछी विकास मन्त्रालयले दूधको मूल्य बढाउन लागेको हो ।
दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दूग्घ सहकारी संघले पनि यसअधि दूधको मूल्य बढाउन माग गरेको थियो । दुग्ध उद्योगीहरुको संस्था नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले पनि मूल्य बढाउन माग गर्दै आएको छ ।
‘उपभोग्य वस्तु लगायत पशु आहारा ढुटो, दाना चोकर र कृषि श्रमिकको मूल्य वर्षेनि निरन्तर रुपमा बढ्ने तर दूधको मूल्य लामोसमयदेखि नबढ्दा किसानको उत्पादन लागत उठ्नै छाडेको छ । यसैले पनि दूधको मूल्य पढाउनु पर्ने माग बढ्दै आएको छ ।
अहिले एक प्याकेट दूध ३५ रुपैंयामा कारोबार भइरहेको छ । दूधको मूल्य बढाउने भनेपनि कति रुपैंया बढाउने भन्ने बारे पनि छलफल हुन बाँकी रहेको छ ।









