पत्रकार पुडासैनी आत्महत्या प्रकरण: प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना बिरुद्ध मुद्धा दर्ता


चितवन । चितवनमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना बिरुद्ध चितवन प्रहरीले मुद्धा दर्ता गरेको छ । आन्दोलनका नाममा उश्रृङखल गतिविधि गर्ने र भिडलाई उत्तेजित पार्नेलाई नियन्त्रणमा लिई मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले ।

उनका अनुसार पक्राउ परेका २३ जना मध्ये १४ जना बिरुद्ध मुद्धा दर्ता भएको हो। जसमा ११ पुरुष र १२ जना महिला छन् । प्रहरीले उनिहरुलाई साउन ३२ गतेदेखि भदौं ३ गतेसम्ममा नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार पहिलो दिन पक्राउ परेका ४ जनाको मुद्धा जिल्ला प्रशासन कार्यालय चितवनमा पेश भएर पाँच÷पाँच सय रुपैंया धरौटी तिरेर छुटिसकेका छन् । आन्दोलनका नाममा उश्रृङखल गतिविधि गरे पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिए ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछाने निर्दोष भन्दै उनको रिहाइको माग गर्दै चितवनको भरतपुरमा आन्दोलन हुंदै आएको छ ।

घटनाका आरोपित रवि लगायत न्युज २४ कै युवराज कँडेल र नर्स अस्मिता कार्की (रुकु) लाई फेरि ५ दिन थुनामा राखि अनुसंन्धान गर्न मंगलबार अदालतले आदेश दिएको थियो ।

यो पनि पढ्नुस

रवि पत्नी निकिताले पनि एसपी मल्लसहित ३ जनाविरुद्ध जाहेरी दिइन

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार