
काठमाडौं । संचारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले पनि चितवन प्रहरी प्रमुखसहित ३ जनाबिरुद्ध जाहेरी दिएकी छन् ।
अनुसन्धानमा रहेको पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन। उनले दोसी उपर काुनन वमोजिम कारवाहीको माग गरेकी छन् ।
पत्रकार पुडासैनीको साउन २० गते चितवन बसपार्कस्थित एक होटल मा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
उनको साथमा भेटिएको भिडियो रेर्कड र पत्रकार पुडासैनीकी श्रीमतीले दिएको किटानी जाहेरीका आधारमा रवि लगायत युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउगरी प्रहरीले अनुसंन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनको थुनामा रहेका उनिहरुलाई हिजो मात्रै थप ५ दिन थुनामा राखी अनुसंन्धान गर्न अदालतले आदेश दिएको छ ।
यो पनि पढ्नुस
भिडियो हेर्नुहोस








