काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले सांसदलाई पनि मन्त्री सरहको गाडी सुविधा दिनुपर्ने माग गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गुरुङले मन्त्री सरह आफुहरुलाई पनि गाडी सुविधा दिनुपर्ने बताइन् ।
उनले सांसदलाई मर्यादाक्रमको वरियतामा आठौँ क्रममा राखेपनि गाउँपालिका अध्यक्ष सरह पनि सरकारी गाडीको सुविधा नदिदाँ काममा जानआउन समस्या हुने गरेको दुखेसो पोखेकी छन् । उनले भनिन्, सडकको दुरावस्था र ट्राफिक जाम हुने भएकाले सार्वजनिक यातायातको भर पर्नुपर्ने, रातदिन टेम्पोमा झुण्डिएर हामीले कहिले सम्म यात्रा गर्नु पर्ने हाे ।
यसरी यात्रा गर्दा सांसदहरुको सुरक्षा, कार्यक्षेत्र मर्म र भावना माथि प्रश्न उठाइन् । जनप्रतिनिधि जस्तै संघीय सांसदको पनि हैसियत भएकाले सरकारले यो विषयमा गम्भिर भएर सोच्नु पर्नेमा जोड् दिएकी छन् ।









