
बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि मुद्दा लागाइनु गलत भएको बताएका छन् ।
कैलालीको टीकापुर घटना राजनीतिक भएकाले त्यसमा थारुहरुमाथी मुद्दा लगाइनु राज्य पक्षबाट नै अन्याय भएको उनको भनाई छ ।
शुक्रबार टिकापुरमा संचारकर्मीहरुसंग बोल्दै उनले भने, ‘टिकापुर घटना राजनिती हो, यसको समाधान पनि राजनीतिक रूपमै हुनुपर्छ, रेशम चौधरी लगायत थारुहरुमाथी लगाइएको मुद्दा गलत छ ।’
अध्यक्ष बैद्य ७ भदौमा टीकापुरमा सम्पन्न भएको थरुहट सम्मेलनबाट फर्किदै गर्दा बुटवलमा सञ्चारकर्मीहरुसँग यस्तो कुरा बताएका हुन ।
थारु समुदाय सामन्तवाद, सुदूरपश्चिम र मधेसीको चुपुवामा परेको समेत उनको दाबी छ ।
टीकापुर घटनाको अर्को दिन थारु समुदायमाथि राज्यले निर्मम दमन गरेको भएपनि त्यसबारे कसैले नबोलेको अध्यक्ष वैद्यको भनाइ छ ।













