
काठमाडौं । सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले केन्द्रीय कमिटी ३३५ सदस्यीय हुने भएको छ । शुक्रबार बसेको बिधार्थी नेताहरुको बैठकले संगठनबारे विभिन्न निर्णय गर्दै केन्द्रिय कमिटीको सदस्यबारे यस्तो निर्णय गरेको हो ।
केन्द्रिय कमिटीमा साविकको एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविकको माओवादी केन्द्रको अनेरास्ववियू(क्रान्तिकारी ) बाट १५५ जना सदस्य रहनेछन् ।
भाद्र मसान्तसम्म संगठनको एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा सहति बसेको बसेको बैठकले संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम All Nepal National Independent Student Union (ANNISU) रहने समेत निर्णय भएको छ ।
अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने नेताहरुले बताएका छन् ।
विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज बिनोद ढकाल, संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङसहितको औपचारिक बैठकले विभिन्न तीन उपसमिति समेत बनाएको छ।
ऐन महरको संयोजक, सुरेन्द्र बस्नेत र पञ्चा सिंह सदस्य रहेको राजनीतिक र सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति बनाएको छ ।
त्यस्तै रञ्जित तामाङको संयोजकत्वमा विधान मस्यौदा उपसमिति बनाइएको छ । उक्त समितिमा सुनिता बराल र समिक वडाल सदस्य राखिएको छ।
यस्तै, उत्तम अधिकारीको संयोजकत्वमा आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमिति बनाइएको छ । यो समितिको सदस्यहरूमा आरसी लामिछाने, झपिन्द्र खत्री र केशव रावल रहेका छन् ।
बैठकले एकताको केन्द्रीय समितिको पहिलो बैठक भाद्र ३१ र असोज १ गते बस्ने निर्णयसमेत गरेको अनेरास्ववियूका नेताहरुले जनाएका छन् ।









