काठमाडौं । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किने भएका छन् । बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किने भएका हुन् ।
स्वास्थ्यमा समस्या भएपछि भदौ ५ गते प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुरमा उनको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । अहिले उनको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ ।
आइतबार साँझ प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई फोन गरेर आफू ठीक रहेको बताएका थिए । ओलीले संसदीय काम कारवाही र विधेयकहरुको विषयमा जानकारी लिन नेम्वाङलाई फोन गरेका बुझिएको छ ।








