ट्रम्पका नयां सुरक्षा सल्लाहकार नियुक्त


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयां राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् । उनले विदेश विभागको प्रतिनिधिको रुपमा काम गर्दै आएका रोबर्ट ओ ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका हुन । राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत यो कुरा जानकारी दिएका हुन् ।

ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्न पाउँदा आफूलाई खुसी लागेको ट्रम्पले बताएका छन् । ब्रायनसँग अघिल्ला राष्ट्रपतिहरु जर्ज डब्लु बुश र बराक ओबामासँग पनि काम गरेको अनुभव छ ।

यसअघिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले गत हप्ता राजीनामा दिएका थिए । रोबर्ट ब्रायन राष्ट्रपति ट्रम्पको यो कार्यकालमा काम गर्ने चौथो राष्ट्रिय सुरक्षा सल्लाहकार हुन् । ब्रायनअघि माइकल फ्लिन, एच आर म्याकमास्टर र जोन बोल्टनले राष्ट्रिय सुरक्षा सल्लाहकार भएर ट्रम्पसँग काम गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार