
विराटनगर । नेपाली कांग्रेसको अवरोधकाबीच प्रदेश १ को प्रदेशसभा बैठकमा मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पेश भएको छ । प्रदेशसभाको सामाजिक विकास समिति सभापति सरिता थेवेले समितिको प्रतिवेदनसहित विधेयक प्रतिनिधिसभामा पेश गरेकी हुन् ।
नेपाली कांग्रेस सांसदको नाराबाजीकाबीच सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पेश गर्न सामाजिक विकास समिति सभापति थेबेलाई समय दिएका थिए । कांग्रेसले विधेयक सच्याउन माग गर्दै रोष्टम घेराउ गरी नाराबाजी गरेको थियो ।
विधेयक सच्याउन माग गर्दै कांग्रेसले पटक पटक ससद अवरोध गर्दै आइरहेको थियो । कांग्रेसले बोर्ड अफ गभर्नर्स नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउनेलगायतका प्रावधानमा असहमति जनाएको छ ।








