
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको ठेक्कामा खुलो आर्थिक चलखेल भएको दावी गरेका छन् । सोमबार काठमाडौमा आयोजित एउटा कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका सभापति देउवाले विना प्रतिस्पर्धा मेलम्ची आयोजनाको ठेक्का दिइएकाले सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका हुन ।
सभापति देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै आलोचना गरे ।
सरकारले शून्य सहनशीलताको कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको देउवाको दावी छ ।
सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दे सैह्य नहुने चेतावनी पनि दिए ।










