आन्तरिक गुटबन्दीकै कारण काँग्रेस सकियो– कोइराला


रामेछाप । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले आन्तरिक गुटबन्दीकै कारण काँग्रेस सकिएको बताएका छन् ।

रामेछापको मन्थली पुगेका नेता कोइरालाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस अरुका कारण नभइ आफैभित्र गाँसीएर रहेको चरम गुटबन्दीकै कारण सकिएको बताएका हुन ।

अधिवेशनको बेलामा गुट हुनु स्वाभाविक हो नेता कोइरालाले भने, त्यसलाई पनि गुट उपगुटका कारण हामी सकिदैछौं, यो काँग्रेसकै लागि दुर्भाग्य हो ।

कांग्रेसलाई अरु कसैले नहराएको भन्दै उनले काँग्रेस आफू भित्रको गुटबन्दीका कारण हारेको बताए ।
महामन्त्री कोइरालाको चीनसँग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भाइचाराको सम्बन्ध स्थापित गर्नु नयाँ कुरा नभएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार