
काठमाडौं । दशैका लागि नयां नोट आजदेखि साटिदैछन् । नेपाल राष्ट्र बैंकले हरेक बर्ष दशैका लागि नयां नोट साट्दै आएको छ । नोट साट्न सर्वसाधरणहरुको आज बिहानैदेखि बैकहरुमा भिड लागेको छ । बैकबाट सर्वसाधारणले आजदेखि असोज १७ गतेसम्म नयां नोट साट्न सक्नेछन् ।
दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपलब्ध गराइएको राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ । रु ५, १०, २०, ५० र १०० दरका नोट बैंकबाट साट्न सकनिेछ ।
काठमाडौ उपत्यका र उपत्यका बाहिर कहाँ–कहाँबाट नोट साट्ने ?
राष्ट्र ब्रैंकले दशैका लागि काठमाडौं उपत्यका र उपत्यका बाहिरबाट नयां नोट साट्न सक्ने ब्यवस्था मिलाएको छ । राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका काठमाडौं उपत्यकाको न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट साट्ने ब्यवस्था मिलाइएको हो ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर , सानो थिमि, विशाल, बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट पनि कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट बाँड्न थालेका छन् ।
त्यस्तै कृषि विकास बैंकले उपत्यकाका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयां नोट सटही भइरहेको छ । राष्ट्र बैंकले काठमाडौं उपत्यकाबाहिर विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट वितरण सुरु गरेका छन ।










