काठमाडौं । वाणिज्य विभागले चाडपर्वमा उपभोक्तामाथि ठगी गर्ने १ सय ७४ व्यावसायीलाई जरिवाना गरेको छ । उपभोक्तालाई सामानको मुल्य बृद्धि भएको भन्दै ठग्दै हिड्ने व्यावसायीलाई जरिवाना गरेको हो ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि मात्रै विभागले जरीवाना वापत विभागले २४ लाख ४७ हजार रुपैयाँ संकलन गरेको गरिसकेको छ ।
विभागले साउनदेखि बिहीबारसम्म ४०१ वटा व्यवसायमा अनुगमन गरेको थियो । जसमध्ये १ सय ७४ पसललाई जरिवाना, ४५ पसललाई सिलबन्दी तथा रोक्का, ९ वटा पसलबाट नमूना संकलन गरिएको छ । यस्तै २ सय २२ वटालाई स्पष्टीकरण सोधिएको तथा २ वटा व्यवसायमाथी कालो बजारी अभियोगमा मुद्धा दायर गरिएको विभागले जनाएको छ ।
उपभोक्ताहरु व्यापारीबाट ठगिने क्रम बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफू ठगिएको सूचना दिन उपभोक्ता गुनासो कक्षा सञ्चालनमा ल्याउने भएको छ ।










