पीडितको मौखिक उजुरीका आधारमा महरामाथि प्रहरीकाे अनुसन्धान सुरू

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महरामाथि प्रहरीले अनुसन्धान सुरु गरेको  छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा पीडित भनिएकी महिलाको मौखिक उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको हो ।  प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरीले घटनास्थलबाट मदिराको बोतल, कपडा लगायतको सामग्री बरामद गरेको छ ।

यसका साथै प्रहरीले पीडित भनिएकी महिला बस्ने घर वरिपरीको सिसिटिभी फुटेज पनि संकलन सुरु गरेको छ

प्रहरीले अहिलेसम्म पीडित महिलाको मौखिक उजुरीका आधारमा अनुसन्धान थालेको हो । तर पीडित महिलाको तर्फबाट लिखित उजुरी नआएसम्म बिस्तृत अनुसनधान सुरु हुन नसक्ने प्रहरीले जनाएको छ ।

महरालाई एक महिलाले बलात्कारको आरोप लगाएपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए। महराको राजीनामा पछि प्रहरीलाई अनुसन्धान गर्न सहज भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार