सन् २०२१ को लागि डिभी खुल्यो

काठमाडौं । सहजरुपमा अमेरिका जाने माध्यम डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुलेको छ । सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन खोलेको हो ।

अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ। डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन। डिभी भरेवाफत कतिपयले रकम लिने गरेको भएपनि डिभी भर्न कुनै रकम नलाग्ने नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ ।

अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँछ। अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार