महराको बलात्कारकाण्डको समाचार लेख्ने पत्रकार सुरक्षा निगरानीमा


काठमाडौं । सभामुख कृष्ण बहादुर महराद्धारा रोशनी शाही बलात्कृत भएको घटनाको पहिलोपटक समाचार प्रकाशित गर्ने पत्रकार अजयबाबु सिवाकोटीलाई प्रहरीले सुरक्षा दिएको छ।

घटनाबारे समाचार लेखिसकेपछि आफुले असुरक्षा महसुश गरेको पत्रकार शिवाकोटीले बताएपछि उनलाई सामान्य सुरक्षा निगरानी राखिएको काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

“सुरक्षाका दृष्टीले हामीले पत्रकार सिवाकोटीलाई सामान्य निगरानीमा मात्रै राखेका छौं, त्यस्तो सुरक्षाकर्मी नै खटाएको भने छैन”, डिएसपी बोगटीले भने।

पत्रकार सिवाकोटीले बलात्कृत भएको घटनाको स्थलगत रिर्पोटिङ गरी शाहीसंगको भिडियो कुराकानी र समाचार उनि सम्पादक रहेको हाम्रा कुरा डटकममा सोमबार प्रकाशित गरेका थिए। प्रकाशित समाचार र भिडियोमा शाहीले आफ्नो कोठामा आएर सभामुख महराले बलात्कार गरेको आरोप लगाएकी थिइन । शाहीको उक्त आरोपपछि सभामुख महराले पदबाट राजिनामा दिएका छन् ।

आफु बलात्कृत भएको कुरा सोमबार मिडियामा बताएकी शाहीले मंगलबार एक अर्को अनलाइनसंग कुरागर्दै सभामुख महरा निर्दोष रहेको बताएकी थिइन । उक्त अनलाइनसंगको भिडियो कुराकानीमा शाहीले महरालाई बाबु सरको ब्यक्तीबाट बलात्कार हुनै नसक्ने बताएकी छन् । जुन कुरालाई लिएर जनमानसमा विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार