
काठमाडौं । बलात्कारको गम्भिर आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिँदै आएको सेवा सुविधा फिर्ता गरेका छन् । सभामुखको हैसियतले उनले लिंदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता लिएसंगै उनि अब डेराको खोजिमा छन् ।
सरकारी निवास बालुवाटारमा बस्दै आएका महरा डेराको खोजिमा समेत रहेको बताइएको छ ।
सभामुखका हैसियतले महराको सुरक्षामा खटिएका आर्मी र प्रहरी फिर्ता भएको उनका सञ्चारविज्ञ डिल्ली मल्लले बताए । महराको सुरक्षाका लागि आर्मी क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षाका लागि खटिएका थिए ।
मल्लका अनुसार महराले चढ्दै आएको गाडी बिहीबार नै संसद सचिवालयको सवारी शाखालाई बुझाइएको छ ।
महरालाई संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले बलात्कारको गम्भिर आरोप लगाएपछि महराले राजीनामा दिएका थिए ।
। सरकारी निवास सर्नका लागि भने डेरा खोज्दै गरेको महराका सञ्चारविज्ञ मल्लले जानकारी दिए । डेरा पाएपछि सरकारी निवास पनि छाडिने उनले बताए ।









