दशैको पुर्वसनध्यामा अर्घाखाँचीबाट आयो दुखत खबर: जीप दुर्घटना हुँदा ३ को मृत्यु ६ घाइते

अर्घाखाँची । यात्रु बोकेको जीप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार अर्घाखाँचीको सन्धीखर्क–६ नरपानी भन्ने स्थानमा कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी घटनास्थलमा ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनमा परी मृत्यु र घाइतेहरुको परिचय खुल्न नसकेको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए ।

दुर्घटनास्थलमा भर्खरै प्रहरी पुगेकाले घटनाबारे बुझ्ने काम भइरहेको बताइएको छ । प्रहरीका अनुसार जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जीपका चालक सकुशल रहेकाले प्रहरीसंगको बयानमा उनले जीपको ब्रेक फेल भएर दुर्घटना भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार