काठमाडौं । लोक सेवा आयोगले इतिहासमै पहिलो पटक सहसचिव र उपसचिव पदमा धेरै संख्याका लागि विज्ञापन खुलाइए छ ।
बुधबार लोक सेवाद्धारा जारि विज्ञापन सूचना अनुसार सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ ९एघारौं र नवौं तह०का पदमा विज्ञापन प्रकाशित गरेको हो ।
लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको विज्ञापन खुलाइएको छ ।
लोक सेवाले अप्राविधिकतर्फ प्रशासन सेवामा सबैभन्दा धेरै ३७ जना सहसचिव माग गरेको छ । प्राविधिकतर्फ इन्जिनियरिङ, सिभिल, हाइवेतर्फ ३ जना र विल्डिङ एण्ड आर्किटेक्टतर्फ २ जना सहसचिवको विज्ञापन खुलेको छ ।
प्राविधिकतर्फ नै हाइड्रोपावर, टेलिकम्युनिकेसन, केमेष्ट्री, मत्स्य, बाली संरक्षण, एगृ इन्जिनियरिङ, वन र शिक्षा प्रशासनतर्फ एक(एक जना सहसचिवको विज्ञापन खुलेको छ ।
यस्तै उपसचिव पदमा प्रशासनतर्फ ७० र राजश्वतर्फ ५ जनाको विज्ञापन खुलाइएको छ । यसैगरी इन्जिनियरिङ सर्भेमा ४ तथा स्यानिटरी, कृषि भेटेरिनरी र सूचना प्रविधि निर्देशक पदमा ३/३ जनाको विज्ञापन प्रकाशित भएको छ । प्राविधिकतर्फ नै जनरल मेकानिकलतर्फ २ तथा तथ्यांक, सिभिल हाइड्रोपावर, कृषि मत्स्य र फरेष्ट रिसर्च पदमा एक-एक जनाको विज्ञापन खुलाइएको छ ।
विज्ञापनबारे पुर्ण जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।
http://www.psc.gov.np/assets/uploads/files/JS_US_-_final_GoPa.pdf










