काभ्रे । विप्लव समुहलाई सरकारले प्रतिबन्द लगाएदेखि उनका सयौं नेता कार्यकता पक्राउ परिसकेका छन् । केन्द्रिय नेता देखि जिल्ला तहका नेताहरु धमाधम पक्राउ परेपछि विप्लव समुह कमजोर बन्दै गइरहेको छ ।
विप्लवका नेता कार्यकर्ताहरु पक्राउ पर्नेक्रममा प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । उनलाइ गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । उनका अनुसार थाकरलाई बिशेष सूचनाका आधारमा घरबाटै पक्राउ गर्न प्रहरी सफल भएको हो ।
थोकरमाथि अनुसंन्धान भइरहेको प्रहरीले बताएको छ ।










