
काठमाडौं । र्यापर भिटेनलाई ७ दिनमा थुनामा राखी अनुसंन्धान गर्न अनुमती दिइएको छ । महानगरिय प्रहरी परिसर ललितपुरले भिटेनमाथी सार्वजनिक हित र नैतिकताबिरुद्ध अन्र्तगत अभद्र ब्यवहारमा मुद्धा चलाउँदै थप म्याद मागेको थियो ।
अनुसंन्धानका लागि प्रहरीले मागेको थप म्यादबारे जिल्ला अदालत ललितपुरले पहिलो पटकका लागि ७ दिनको म्याद दिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले जानकारी दिइन ।
एसपी सिंहका अनुसार भिटेनको पछिल्लो र्याप गीत ‘हामी त यस्तै होनी ब्रो, मा उनले समेटेका शब्द र गरेको अभद्र ब्यवहारबारे थुर्पै मौखिक उजुरी आएपछि उनलाई बिहीबार जावलाखेलबाट पक्राउ गरिएको हो । पक्राउपछि उनि उपर मुद्धा दर्तागरी म्याद थपका लागि अदालत लगिएको थियो ।
भिटेनमाथि प्रहरीले चलाइएको मुद्धा अनुसार उनि जेलसम्म जाने कानुनी ब्यवस्था छ ।
भिटेनको तिहार प्रहरी हिरासतमै
अदालतबाट ७ दिन थुनामा राखी अनुसंन्धान गर्न अनुमती दिइएपछि अब भिटेनको तिहार प्रहरी हिरासतमै हुने भएको छ ।
यसबर्षको भाइटिका कार्तिक १२ गते परेको छ भने भिटेनमाथि अनुसंन्धान गर्ने ७ दिने म्याद कार्तिक १३ गते सकिनेछ । त्यसपछि उनलाई प्रहरीले अदालत लग्नेछ ।











