आज तिहारको तेस्रो दिन, कुकुर तिहार मनाइदै


काठमाडौं । आज तिहारको तेस्रो दिन अर्थात, कुकुर तिहार मनाइदै छ । कुकुर तिहारको उपलक्ष्यमा आज बिहानै कुकुरको पूजा गरेर मीठामीठा खानेकुरा खान दिई मनाइँदैछ ।असल पहरेदारको रुपमा लिइने कुकुरलाई आज सम्मानका साथ पुजाआजा गरिदैछ ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा कुकुर तिहार मनाइएको हो ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार