काठमाडौं । पूर्वमन्त्री समेत रहेका उद्योगपति रुप ज्योतीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
उनले विजेन्द्रमान श्रेष्ठलाई हाउजिङको घर दिन्छु भन्दै नदिएको खुलेको छ । विजेन्द्रमान श्रेष्ठले आफुलाई घर नदिई ठगेको विषयमा प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
आफुलाई उद्योगपतिका रुपमा परिचित गराउने ज्योती शाही सरकारमा अर्थराज्यमन्त्री भएका थिए ।










