बाँके । मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एक जना विद्यार्थी नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाही रहेका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थीत पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीले चलाएको बा ५८ प २१८६ नं को मोटरसाइकल बिहीबार राति बा १९ च १२१४ नं को कारसँग ठोक्किँएको थियो । दुर्घटनामा शाहीसहित दुईजना घाइते भएका थिए । मोटरसाइकलको पछाडी सवार नवीना शाहीको भने शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।










